विश्वलाई साँचो माया भनेको के हो चिनाउने रुपा मगर

मुख्य समाचार

‘कृष्ण रूपा’ निकै चर्चित जोडी हुन् । आज ‘रूपा मगर वलि’को जन्मदिन परेको छ । ‘माया शब्द मात्र दुई अक्षरले बनेको छ । जुन सुन्नमा जति सरल र सहज छ उति नै गहिराइ पनि तिनीहरूको लागी जो असल प्रेमी प्रेमीका हुन्छन् ।

त्यस्तै एउटा निस्स्वार्थ अनि अमर माया प्रेमको कहानी कुनै दिन स्वयंम पढेको थिए, जो रहेको थियो “मुनामदन” त्यस्तै आज वास्तविक अनि यथार्थ मै देख्न पुगे अर्को प्रेम कथा “कृष्ण वलि र रुपा मगर”को, मुनामदन एक काल्पनिक प्रेम कहानी भएता पनि तर यथार्थमा उनीहरू भन्दा “कृष्ण र रुपा” को अति उच्च रहेको छ ।

सानैदेखि मामाघरको हजुरआमाले हुर्कीएका कृष्ण वलीको जीवनमा रुपा खुसि लिएर आइन । तर यिनी दुबैजनाको जीवनमा कसैले सोच्नै नसक्ने गरी दुख आयो । बिहे गरेको एक वर्ष हुँदा कृष्णले काम गर्ने क्रममम करेन्ट खाए र जस्ले गर्दा कृष्णले आफ्ना दुवै हात र एक खुट्टा गुमाए ।

यस्तो अवस्थामा पनि श्रीमानको साथ् दिएर आजको युगमा देवीको रुप बनेकी रुपाले हिम्मत हारेनिन । उनको यो हिम्मतलाई देख्दा देश विदेशदेखि कृष् वलीलाई सहयोग गर्न पैसा उठ्न लाग्यो यति सम्म पैसा उठ्यो कि कृष्ण वलीले दुवै हात र खुट्टा पाए । उनले अहिलेको सबैभन्दा राम्रो मध्य कृत्रिम हात पाएका छन् । कृष्ण वलीलाई साथ् दिने र कृष्णको जीवनमा फेरी खुसि लिउने रुपाको आज जन्मदिन हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *