कोरियाली कम्पनीले सस्तो मुल्यमा बनाइदिँदै ४ कोठे घर

मुख्य समाचार

कोरियाली कम्पनीले अब १२ लाखकै लागतमा उच्चस्तरिय प्रविधि सहितको ४ कोठे घर बनाइदिने भएको छ । अहिले यस्ता घर निर्माणका लागी कम्पनीले अहिले बिभिन्न रंगका छाना र वाल प्यानलहरु उत्पादन गर्न सुरु गरेको छ । शतप्रतिशत कोरियन प्रविधि र लगानीमा निर्माण हुने यी घरहरु ६० वर्ष सम्म केही हुनेछैनन ।

सुरुमै ७२ करोडको पुँजी लगानी गरेर यो कम्पनीले आधुनिक प्रविधिबाट बिभिन्न कुराहरु उत्पादन गर्न थालेको छ । यसरी निर्माण गरिने घरको छाना र वाल २ देखि ६ इन्च सम्म बाक्लो हुने बताइएको छ । यस्तो घर गर्मी छल्नका लागी निक्कै लाभदायक हुने बताइएको छ । अहिले यो कम्पनीका डिलरहरु ४३ जिल्लामा वितरण भैसकेका छन भने यस कम्पनीले हाल ४० भन्दा धेरैलाई रोजगारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *